काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न नमिल्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसंग जोड्न नसकिने भन्दै तीन कुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान बिपरित रहेको बताएका हुन् ।
उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले जानकारी दिए । मन्त्री लेखकले अपराधीक कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरमा ल्याइने स्पष्ट पारे ।
त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गर्दै उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे ।
त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए । गृहमन्त्री लेखकलाई सांसदहरु प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले प्रश्न गरेका थिए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend