Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त, साँझ ५ बजे शपथ


    आइतबार, जेष्ठ ४ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

    प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् ।

    उक्त निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार