Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्वमन्त्री सिंहको आग्रह


    शनिबार, जेष्ठ ३ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम  । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुचारु गर्नु पर्नेमा जोड गरेका छन् ।

    नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापतिसमेत रहेका सिंहले आफ्नो १७ महिने कार्याकालमा भएको ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउन माग गरेका हुन् ।

    सो अस्पतालका लागि आवश्यक जनशक्तिको अस्थायी दरबन्दी कायम गरी विज्ञापन गरेर जनशक्ति छनौट समेत भईसक्दा पनि उक्त अस्पताल अहिले सम्म सञ्चालन हुन नसकेकोमा पनि आपत्ति जनाए । जसका कारण उनले तत्काल साे अस्पतालहरू तत्कालै सुचारू गर्नु पर्नेमा जाेडसमेत गरेका छन् ।

    प्रदेश सांसद सिंहले मधेसका प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह तथा स्वास्थ्य मन्त्री शत्रुधन सिंहलाई  छुट्टाछुट्टै भेटेर ज्ञापनपत्रसमेत बुझाएर तत्काल अस्पताल सञ्चालन प्रकिया अघि बढाउन मागसमेत गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार