Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


    बिहिबार, जेष्ठ १ २०८२
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकमा नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले यसका लागि गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा। यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको जानकारी दिए

    बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय पनि गरेको छ । सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ भने औद्योगिक सम्पत्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार