रौतहट । पछिल्लो समय रौतहटस्थित नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ।
एमालेका नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासीसहित जिल्लाको सिंगो गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा एमाले गुजरा नगर कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरीस्थित वडा प्रत्याशी काजीमान माझी माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी नेता माझीसँगै सिंगो सिमरी गाउँनै माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रीय सदस्य कुन्दन कुशवाहा लगायतले नवप्रवेशीलाई माला र टिका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा भूमि आयोगकी केन्द्रीय सदस्य आरती भन्डारी, पूर्वराज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भूमि आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटी सद्स् एवम् क्षेत्र ३ का क्षेत्रीय अध्यक्ष युवराज ज्ञवाली, मेयर प्रत्यक्षी शेख एक्रामूलसँगै एमालेका जिल्ला कमिटी पदाधिकारी, नगर अध्यक्ष जयराम चौधरीलगायतको उपस्थिति रहेको थियो । वडा प्रत्याशी माझी माओवादी सशस्त्र द्वन्दकालदेखि नै माओवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।
माओवादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुननसकेको कारण एमालेमा प्रवेश गरेको पत्रकारलाई बताएका थिए । एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ । करीब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिस एमालेमा प्रवेश गरेका छन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend