काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिएका छन्।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिका रुपमा सहभागी भएका हुन्। उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी एमाले सांसद् हुन्।
उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पनि पक्राउ गरेर बुझाइदिन भनेको थियो। तर प्रधानमन्त्रीकै दलका सांसद पन्थी खुलेआम हिँडिरहेका छन्।
काठमाडौँको गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चाकसमेत रहेका पन्थी र देवराज खनालविरुद्ध उजुरी परेको थियो। उक्त उजुरीमा अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पनि पक्राउ गर्न अन्य कार्यालयबाट सहयोग मागेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पन्थीलाई पक्राउ गरिदिनका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूमा पनि पत्र पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको पत्रमा पनि यी कार्यालयलाई वोधार्थ दिइएको छ। सांसद पन्थी र देवराज खनाललाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री लगेर रकम नतिरेको आरोप छ।
तर आरोपित सांसद शक्तिको आडमा खुलेआम हिँड्दा प्रहरी निरीह देखिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend