बागलुङ । दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ। पाँच वर्ष अगाडि निर्माण सुरु भएको हाइड्रोपावर असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत् गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको छ ।
सुरूमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिले काम गरी रहेको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत् गृह निर्माण गरिएको छ । यो हाइड्रोपावर बागलुङ जिल्लाकै सबैभन्दा ठूलो हो । उक्त हाइड्रोपावरबाट ९ दशमलव ६ मेघावाट विद्युत् उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रालिका इञ्जिनियर नीरज दासले जानकारी दिए ।
अब विद्युत् गृह भित्रको केही काम बाँकी रहेको भन्दै असार महिनाभित्रै विद्युत् उत्पादन गर्नेगरी काम भएको दासले जानकारी दिए । यस हाइड्रोपावरलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने उनको भनाइ छ । लाइन तान्ने र पोल गाड्ने काम विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले गरी रहेको दास बताउछन्।
उनले भने, “हाइड्रोपावरको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्, ती काम पनि छिट्टै सकिने गरी भइरहेका छन्, हामीहरूले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत् उत्पादन गर्न थालेका हौँ, काँडेबासमा ड्याम निर्माण गरेर मनेवामा पावर हाउस निर्माण भएको छ, अबको दुई महिनामा विद्युत् उत्पादन हुनेछ ।”
हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘नीरज’ ले हाइड्रोपावर रु दुई अर्ब १५ करोड लगानीमा निर्माण भइरहेको बताए । सुरूमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उहाँको भनाइ छ । जिल्लाका विकट क्षेत्रमा विद्युत् पुर्याउने उद्देश्यले हाइड्रोपावर निर्माण गरेको अध्यक्ष पुन बताउछन् ।
“यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो, १७ वर्ष अगाडि गोर्खा हाइड्रोपावर कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्ध गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्यौँ, प्रक्रिया धेरै पहिले सुरु भए पनि काम थालेको पाँच वर्ष भयो”, अध्यक्ष पुनले भने, “यहाँबाट विद्युत् उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौँ, एक डेढ महिनामा यो विद्युत् बल्छौँ, यो बागलुङकै ठूलो हाइड्रोपावर हो ।”
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend