काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले अघिल्लो वर्षको नीति तथा कार्यक्रम हालकोभन्दा केही सकारात्मक देखिएको बताए । ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही फरक देखाउन कोसिस गरिएको देखिन्थ्यो,’ उनले भने, ‘तर यस वर्ष यस्तो प्रयास नै गरिएको छैन ।’
गत वर्ष सरकारको नीति तथा कार्यक्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउने उल्लेख गरिएको उल्लेख गर्दै उनले तर यसपालि भने त्यो नभएको बताएका हुन् ।
‘यस वर्ष फरक भाषा प्रयोग गरिएको छ,’ लिङ्देनले भने, ‘व्यवस्थाको रक्षार्थ लड्ने भनिएको छ, जसले सरकारको मानसिक अवस्था कमजोर रहेको सन्देश दिन्छ ।’
संविधानले व्यवस्थाको विषयमा प्रश्न उठाउन छुट दिएको भन्दै लिङ्देनले राप्रपाले संविधानभित्रै रही आफ्ना एजेण्डाहरू अघि बढाउने स्पष्ट पारे । ‘कतिपयले संविधान खारेजीको माग गरिरहेका छन्, तर हामी संविधानभित्र रहेर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका छौं,’ उनले भने।
लिङ्देनले वर्तमान सरकारले अघिल्लो सरकारले जस्तै जनतामा आशा जगाउने कोसिस गर्नुपर्ने सुझाव दिए । ‘फजुल खर्च कम गर्नु, अनावश्यक संरचना खारेज गर्नुजस्ता उपायले जनतामा भरोसा फर्काउन सकिन्छ,’ उनले स्पष्ट पारे ।
उनले जनतामा निराशा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, सरकारको नीति तथा कार्यक्रमले त्यसलाई चिर्न सक्नुपर्ने बताए । ‘हामी त्यस्ता सुधारात्मक कदममा सरकारसँग सहयोग गर्न तयार छौं,’ लिङ्देनले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend