Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत-पाकिस्तान तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थी उद्धार गर्न रास्वपाको माग


    शुक्रबार, बैशाख २६ २०८२
    805
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारत र पाकिस्तानको तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेकी छन् । परराष्ट्र र शिक्षा मन्त्रालयलाई पत्र लेखेर सांसद श्रेष्ठले विद्यार्थीको उद्धार गर्न माग गरेकी हुन् ।

    ‘पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिन र नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन्,’ सांसद श्रेष्ठले परराष्ट्रलाई लेखेको पत्रमा भनिएको छ ।

    उनले विद्यार्थीको उद्धारको लागि भइरहेको पहलको जानकारीसमेत माग गरेकी छन् ।

    ‘विद्यार्थीको उद्धारका लागि सम्बन्धित मन्त्रालयले के कस्तो योजना बनाएको छ रु इजरायलमा जस्तै चार्टर्ड फ्लाइट गरिन्छ भने, कुन अवस्थामा गरिनेछ रु यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्ने(खानेको व्यवस्था आदि तैयारी के कस्तो हुनेछ रु यसबारे जानकारी माग गर्दछु,’ उनले पत्रमा लेखेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार