काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् ।
तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन् ।
‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाण्डौं-१ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्न मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ,’ उनले प्रश्न गरे, ‘बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यलाई विशेष अदालतमा मुद्दा चलाइएको छ। तर वैद्यलाई पक्राउसम्म गरिएको छैन ।’
मिश्र पक्राउ पर्ने तर मुद्दा लागेकी थापा भने फुक्कावाल भएर हिड्ने भए पछि प्रवक्ता श्रेष्ठले आक्रोश ब्यक्त गरेका हुन् । ‘फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा चलाइएको हो, कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन, जबकी वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ,’ उनले भने ।
उनी अगाडी भन्छन, ‘जगजाहेर छ, मिश्रमाथि सत्ता र व्यवस्थाद्वारा प्रतिशोध साँधिएकै हो, प्रतिशोधको राजनीतिले कोही कसैको हित गर्दैन। इमान भएको बलियो सरकार बनेको दिन यदि यस्तै प्रतिशोध राख्ने हो भने ०४६ पछिका र ०६३ पछिका कुन दलका कुन नेता चोखा रहलान् रु कुन संस्थाका कुन अगुवा जोगिएलान् रु न्याय सबैलाई बराबर होस् ।’
उनले मिश्रलाई थुनेर मिश्रले बोकेको विचार थुन्न नसकिने भन्दै बिना शर्त रिहा गर्न माग गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend