Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु


    शुक्रबार, बैशाख २६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा केही बेरअघि सुरु भएको हो।

    बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेन्डा प्रस्तुत भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ।

    कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।

    गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार