काठमाडौं, ९ बैशाख । सरकारले जारी गरेको लकडाउनकाे समयमा पनि सञ्चालन हुँदै आएको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ ।
कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै थियो ।काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।