Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले धनुषा अधिवेशनमा दुई पक्षबीच झडप, ५ जना घाइते


    मंगलबार, बैशाख २३ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ ।

    झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास घाइते भएका छन् ।

    झडपको क्रममा दुवै जनाको टाउको फुटेको बुझिएको छ ।

    अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

    गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।

    भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार