काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारेका छन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल एक चीन नीतिमा अडिग रहेको बताएका हुन् । उनले भने, ‘नेपालको भूमि चीनको खिलाफ प्रयोग हुन दिइने छैन।’
कार्यक्रममा सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन र वातावरणीय संरक्षणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। ‘म विश्वास गर्छु, चीनले आगामी दिनमा पनि नेपालको विकासमा थप सहयोग गर्नेछ,’ उनले भने, ‘आजको यो फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ।’
देउवाले नेपाल–चीन सम्बन्ध समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताए । साथै, दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सहकार्यलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।
‘नेपालले स्पष्ट रूपमा चीनसँगको मित्रता र चाइना पोलिसीलाई कायम राखेको छ,’ देउवाले भने, ‘म मित्रराष्ट्र चीनविरुद्ध नेपालको भूमि प्रयोग नहुने विश्वास दिलाउन चाहन्छु।’ उनले नेपाल–चीन सम्बन्ध परापूर्वकालदेखि नै अटल, अमर र आपसी विश्वासमा आधारित रहेको पनि स्मरण गरे ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend