काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र उक्त प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय थपका लागि आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
१४ वैशाखमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद आज सकिँदैछ । तर, सय अवधिमा अनुसन्धान नसएिको भन्दै पुनः अनुमति माग्न अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहोराले बताए । उनका अनुसार आज उनीहरुलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने छ ।
तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनका जनकमाण्डर तोेकिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यस्तै, मिश्रलाई राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याइएको थियो । मिश्रसँगै पक्राउ परेका राप्रपा सांसद् धवलशमशेर राणालाई भने प्रहरीले स्वास्थ्यलाई कारण दुई साताअघि नै छाडिसकेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend