Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिटिक्क काठमाडौं महानगर


    मंगलबार, बैशाख ९ २०७७
    1.3K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ९ बैशाख । चिकिक्क पार्ने योजना काठमाडौं महानगरपालिकाले लकडाउनका समयमा सहरी सरसफाइ गर्ने र सुन्दरता बढाउने अनि लकडाउन लगत्तै काठमाडौं खुल्दा चिटिक्क बनाउने योजना बनाइरहेको छ । सोही अनुसार धमाधम आइल्याण्ड निर्माणदेखि सडक रङरोगन गर्ने कामलाई उच्च प्राथमिकता दिएको छ । सुनसान काठमाडौको सडकछेउ र आइल्याण्डमा फूल फुलाउन कर्मचारी व्यस्त देखिएका छन् । 

    आफ्नो कामलाई सबैले नियमित गरिरहेका छन् ।  लकडाउनपछि दैनिक प्रशासनिक कामहरु राहत वितरणका लागि तथ्याङ्क संकलन गर्ने, राहत वितरण गर्ने, भाइरस रोकथामका लागि प्रचार प्रसार गर्ने, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुको बजार व्यवस्थापनमा केन्द्रित छन् ।

    वातावरण बिभागले भने फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन, सडक तथा सार्वजनिक स्थानहरु बढार्ने, झार उखेल्ने, सतह ढलको सफाइ गर्नेलगायत कामलाई नियमित गरिरहेको छ ।

     वातावरण विभागबाट लकडाउन अवधिभित्रै सुन्धारा र शंखधरपार्क नजिक रहेका ट्राफिक आइल्याण्ड निर्माण हुँदैछन् । ती आइल्याण्डको साविक संरचनामा सुधार गरेर परम्परागत ईंटा र नयाँ ढाँचाको पूर्वाधार तयार पारिसकिएको छ । ती संरचनामा माटो भर्ने काम पनि भइसकेको छ । लकडाउनले फूल र बिरुवा ढुवानी हुनसकेको छैन । अवस्था खुकुलो हुनेबित्तिकै बोटविरुवा रोप्छौं ।

     वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालका अनुसार अहिले त्रिपुरेश्वरबाट सुन्धारातर्फ लाग्दा सडक किनारामा भएका फूल फुलेका छन् । बिरुवा हुर्कँदैछन् । नयाँ सडक अघिल्तिरको आइल्याण्डमा ढकमक्क फूल फुलेका छन् ।

      विभागले यो समयमा अनुसार सुन्धारा ट्राफिक आइल्याण्डमा ७ सय ५० बोट सिजनल फूल रोप्ने काम थालेको छ । सुन्धाराका ४ वटा आइल्याण्डलाई साबिक संरचनाको उचाइ बढाएर साढे २ फिटका बनाइएका छन् । चौपाया चढ्न नसक्ने र मान्छेले फूल चुँडेर हिँड्न नसक्ने गरी उचाइ बढाइएको बरालको भनाइ छ । ती आइल्याण्डमा १४ प्रकारका फूल तथा बोटविरुवा रोपेर हरियाली र सुन्दरता बढाइने छ । शंखधर नजिकको आइल्याण्डमा पनि यसैअनुसारका बिरुवा रोपिने उहाँको भनाइ छ ।

     शहर सफसंगै्र फोहोर व्यवस्थापनको काम समेत द्रुतगतिमा अघि बढाएको कामपाका आज १ सय २१ वटा गाडीले ल्याण्डफिल साइटमा फोहोर खन्याएका छन् । महानगर र निजी क्षेत्रले ल्याण्डफिल साइटमा फोहोर पु¥याएका हुन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार