Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यो सरकारले गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गर्‍यो: शेखर कोइराला


    शनिबार, बैशाख २० २०८२
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन् ।

    शनिबार प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई–दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन् ।

    पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको उनले बताए । ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन् ।

    एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ’ उनले भने, ‘सात बुँदे सहमति भनेको छ । संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ । सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ ।’

    गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने धएपनि अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम सरकारले उनले आरोप लगाए । उनले यो सरकारले सुशासन दिनै नसकेको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार