काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको रु भनेर उनले प्रश्न गरे ।
सांसद झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप समेत लगाए ।
चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि मिश्र प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले हतकडी लगाएको फोटो सार्वजनिक भएपछि त्यसको औचित्वबारे कतिपयले प्रश्न उठाइरहेका छन् ।
यसैसन्दर्भमा रास्वपा सांसद झाले पनि मिश्रमाथि राज्यबाट दुर्व्यवहार भएको आरोप लगाएका हुन् । ‘मिश्रको राजनीतिक विचारप्रति मेरो सहमति छैन तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
उनले रास्वपा सभापति रवि लामिछानेमाथि पनि राज्यले प्रतिशोध साधेको आरोप लगाए । त्यो कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको उनले टिप्पणी गरे ।
‘उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाएँ, हिरासतमा पुर्याएँ,’ भनेर अभिव्यक्ति दिएको बताउँदै झाले भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाएँ, हिरासतमा पुर्याएँ । उहाँलाई धन्यावाद छ स्विकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । म आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend