Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन


    सोमबार, बैशाख १५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गरेर निर्धारित समयमा अधिवेशन गर्न निर्देशन गरेका छन् ।

    प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक संगठन निर्माण अभियान सञ्चालन र संगठन परिपक्व बनाई अधिवेशन गर्न निर्देशन दिएको बुर्लाकोटीले बताए । यही वैशाखको अन्तिम साता गर्ने गरी पूर्व निर्धारित महाधिवेशनलाई रास्वपाले फागुनमा सारेको छ ।

    तल्लो तहका अधिवेशन निर्धारित मितिमा नसकिएपछि महाधिवेशनको समय सारिएको छ । ७ देखि ९ फागुनसम्म चितवनमा महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको छ । ४ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रदेखि वडा अधिवेशनको नयाँ मिति तोकेको थियो ।

    नयाँ समय तालिका अनुसार असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला, माघमा १५ प्रदेश अधिवेशनको समय तोकिएको छ ।

    ‘आफ्नो जिम्मेवारीमा रहेको तहगत अधिवेशन समयमा नै सम्पन्न गर्न सकिने कार्यतालिका बनाई एक तह माथि बुझाउने व्यवस्था गर्न गराउनु हुन, यो निर्देशन वडा तहसम्म सम्प्रेषण गराउन हुन र २०८२ वैशाख १५ गतेभित्र सबै प्रदेशको तर्फबाट प्रस्तावित तालिका तयार गरी केन्द्रीय संगठन विभागमा पठाउनु हुन निर्देशन गरिन्छ,’ बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार