Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय बैठकको निर्णयः एकढिक्का भएर अगाडि बढ्ने


    सोमबार, बैशाख ८ २०७७
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ८ बैशाख । सोमबारको मन्त्रिपरिषद बैठकले दिउँसो राजनीतिक दलत्याग सम्बन्धी र अर्को संवैधानिक परिषदसम्बन्धी ऐनमा संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरि राष्ट्रपति कार्यालयमा पठायो । राष्ट्रपति कार्यालयले तुरुन्तै जारी ग¥यो । 

    यी दुवै अध्यादेश आइसकेपछि नेकपा फुटाउन ल्याइएको भनी राजनीतिक क्रिया प्रतिक्रिया उत्पन्न भएपछि नेकपाको सचिवालय बैठक सोमबार साँझ ६ बजे बोलाइएको थियो । बैठकले अध्यादेशबारे छलफल गरेको तर राष्ट्रपतिबाट जारी भइसकेकाले सूचना प्राप्त भएकाले त्यसमा थप छलफल नभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञिप्तिमा उल्लेख छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भयो ।

    बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभयो । तत्पश्चात् अरू नेताहरुको यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राख्नुभयो । छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो ।

    बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्ध जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार