Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण: जनार्दन शर्मा


    सोमबार, बैशाख १५ २०८२
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उनले बताए ।

    शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको उनले बताए । आफू तीन दिन अगाडि गाउँबाट फर्किएको उल्लेख गर्दै उनले गाउँमा दुई दर्जन जति बालबालिका चोटपटक लागेको अवस्थामा पाएको बताए ।

    कसरी चोटपटक लाग्यो भन्दा अभिभावकले स्कुल जान नपाएको र भीरपाखामा चल्दा लडेर चोटपटक लागेको सुनाएको सांसद शर्माले बताए ।

    शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ । तर, सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भनेर आलोचना गरे ।

    संविधान अनुसार ऐन बनाउनुपर्ने धेरै ढिलो भइसकेको उल्लेख गर्दै उनले सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताए ।

    सबै पक्ष जिम्मेवार भएर शिक्षकका जायज माग सम्बोधन गर्नमा लाग्नुपर्ने उनको आग्रह छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार