Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई


    आइतबार, बैशाख १४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सार्वजनिक यातायातमा यात्रा गरिरहेको भेटिएको छ । शिक्षा मन्त्रीबाट राजीनामा भर्खरै राजीनामा दिएकी सांसद भट्टराई सामाजिक सञ्जालमा सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू यत्रतत्र भेटिन थालेका छन् ।

    गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाडेकी थिइन् ।

    उनी राजीनामा दिनका लागि प्रधानमन्त्री निवास पुग्दा नै सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन् ।

    त्यसयता आफू घरबाट बाहिर निस्कंदा सधैं सार्वजनिक यातायात प्रयोग गर्ने गरेको भट्टराई बताउँछिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार