Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारमा रहनु कांग्रेसको बाध्यता हो, पर्‍यो भने हामी बाहिरिन्छौं: गगन थापा


    बिहिबार, बैशाख ११ २०८२
    945
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताएका छन् ।

    लोकतन्त्र दिवसको अवसरमा आज (बिहीबार) आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’

    समस्याको मात्रै कुरा गरेर नहुने भन्दै महामन्त्री थापाले समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए । बेचैन भएको नेपाली समाजलाई आश्वास्त पार्ने जिम्मेवारी राष्ट्रिय शक्तिको जिम्मेवारी भएको भन्दै उनले त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए ।

    उनले भने, ‘हामीले सम्हाल्नु पर्छ । हामी उत्तेजनामा आएर पनि हुँदैन । भड्काउबाजी कुरा गरेर पनि हुँदैन । हामीले नैरासयताको कथा भनेर पनि हुँदैन । भागेर पनि हुँदैन । हामीले सामना गर्नुपर्छ । हामीले संवाद गर्नुपर्छ । हामीले आश्वस्त पार्नुपर्छ । भरोसा दिनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार