Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिदेखि संसदको बजेट अधिवेशन सुरू हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


    बिहिबार, बैशाख ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भोली (शुक्रबार)देखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन्।

    अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ। शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

    उनले समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे बोल्नेछन्। यसपालिको बजेट अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ।

    यही अधिवेशनबाट बजेट मात्रै नभई विद्यालय शिक्षा विधेयक टुंग्याउने पनि सरकारको उद्धेश्य छ। त्यसकारण शनिबार र सार्वजनिक बिदा बाहेक संसद बैठक निरन्तर चल्ने तय भइसकेको छ।

    यस अधिवेशनलाई बर्खे अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार