Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय मन्त्रीद्वारा मुक्तिनाथ दर्शनः दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध थप प्रगाढ


    बुधबार, बैशाख १० २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मुस्ताङ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारतबाट प्रधानमन्त्री, मन्त्री एवं उच्चपदस्थ व्यक्तित्वहरुको भ्रमणले दुई देशबीचको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको छ ।

    मन्त्री खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरसँगै मुक्तिनाथ मन्दिरका लागि दर्शनमा सहभागी हुनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि मन्त्री खड्काले यस यात्राले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्री खड्काले भन्नुभयो– ‘धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ । यस्ता अवसरहरूले दुई देशबीचको मित्रता र सहयोगको भावना गाढा बनाउँछ ।’

    मुक्तिनाथ दर्शनको क्रममा भारतीय विद्युतमन्त्री खट्टरले नेपाल धार्मिक रुपमा ऐतिहासिक र पवित्रभूमि भएको भन्दै मुक्तिनाथ एवं पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्दित महसुस भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनमा नेपालले जोड दिए नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

    नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलको रूपमा मुक्तिनाथ मन्दिरले भारत तथा अन्य देशका पर्यटकहरूलाई समेत आकर्षण गर्ने गरेको छ । यस किसिमका उच्चस्तरीय भ्रमणहरूले धार्मिक पर्यटनको प्रवद्र्धन मात्र नभई नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।

    साथै, मन्त्री खड्काले स्थानीय पर्यटन विकास, पूर्वाधार विस्तार र धार्मिकस्थलहरूको संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार