Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुने घटनामा मृतक पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख दिइने


    बुधबार, बैशाख १० २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राजावादीहरूको हिंस्रक आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०-१० लाख क्षतिपुर्ति दिने भएको छ ।

    गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०-१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको हो ।

    गत सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार