Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीन भ्रमणमा गएका माओवादी नेता शर्माको पासपोर्ट हराएपछि…


    आइतबार, बैशाख ७ २०८२
    1.1K
    Shares
    चीन भ्रमणमा गएको सचिव दीनानाथ शर्मासहितको नेकपा (माओवादी केन्द्र)का नेताहरुको टोली । तस्वीर साभारः लेखनाथ न्यौपानेको फेसबुक
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चीन भ्रमणमा गएका नेकपा (माओवादी केन्द्र)का सचिव दीनानाथ शर्माको राहदानी हराएपछि टोलीका सदस्यहबीच नै खैलाबैला मच्चियो । चीनको दक्षिण पश्चिममा रहेको चोङकिङ सहरको भ्रमणमा गएका टोलीनेता शर्माको राहदानी हराएपछि उनीहरुलाई निम्ता गर्ने चिनियाँ अधिकारीहरुले होटलदेखि सबैतिर खोजी ब्यापक गरेका थिए ।

    सचिव शर्माको राहदानी(पासपोर्ट) हराएपछि एक दिनको भ्रमण तालिका नै प्रभावित भएको थियो । बिहान हराएको शर्माको पासपोर्ट बेलुका भेटिएको थियो ।

    चैत २६ गते शर्माको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा गएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्कुल विभागको निमन्त्रणामा नेकपा(माओवादी केन्द्र)को उच्चस्तरीय टोलीको नेतृत्व गर्दै शर्मा चीनको चोङकिङ गएका थिए ।
    चीनको चोङकिङ सहर आधुनिक प्रविधि र पूर्वाधार विकासमा विश्वकै उत्कृष्ट सहर रुपमा चिनिन्छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीले प्रयोग गरेको समाजवाद र नेपाली कम्युनिस्ट आन्दोलनको बहुआयमिक सम्बन्धबारे राजनैतिक तथा वैचारिक बहस, कृषि, प्रविधि र पूर्वाधार विकासमा चीनले गरेको प्रगतिबारे अवलोकन गर्नका लागि उक्त टोली चीन गएको बताइएको थियो ।

    उक्त भ्रमण टोलीमा लेखनाथ न्यौपाने, लोकेन्द्रप्रसाद लम्साल, रामदीप आचार्य, दीपक केसी, ओमप्रकाश पुन, रामकृष्ण अधिकारी, उमाकान्त भुर्तेल, कोमलमाया लामा, नमोनारायण माझी थिए ।

    त्यस्तै सन्तोष पनेरु, दुर्गाबहादुर थारु, आशा उपरकोटी, अनिकेत तिवारी, खेमराज नेपाली, एवेन्द्र पराजुली, कुन्दनकुमार महतो, संगीत भट्टराई रेग्मी, कृष्णराज केसी र जटिल कार्की रहेका थिए । १० दिने भ्रमण सकेर शर्माको टोली वैशाख ४ गते स्वदेश फर्किसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार