काठमाडौं । माइतीघरदेखि नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल पिछडावर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो ।
जसअनुसार माइतीघरमा ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै दलित समुदायले माइतीघर मण्डला, परिसरको सडकमा धर्ना दिएका छन् ।
नेपाल पिछडावर्ग (ओबिसी) महासंघको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय -ओवीसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
शिक्षकहरू भने बिहान ९ बजे देखी नै बिजुली बजारमा केन्द्रित आन्दोलन जारी राखेका छन् । बिगतमा १२ः०० देखी ३ः०० बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने कार्यालय समयलाई अबरोध हुने गरी बिहान ९ः०० बजे देखी नै आन्दोलन सुरू गरेका हुन् । उनीहरू बिगत झन्डै ३ हप्ता देखी आन्दोलनमा रहेका छन् ।
उता, राप्रपा भने निषेधित क्षेत्र तोडने भन्दै नयाँ बानेश्वरमा केन्द्रित भएका छन् । आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर उनी बानेश्वरमा केन्द्रित भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend