काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्।
वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल-चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको परराष्ट्र मन्त्रीले निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ। यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री राणाले बताएकी छन्।
पर्यटन प्रवर्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको भनाइ छ।
मन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं-कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन्।
उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग जानकारी लिई सडक स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend