Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन गगन-विश्वलाई देउवाको निर्देशन


    शुक्रबार, बैशाख ५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।

    सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्रीद्वय र शिक्षा विभागको प्रमुख नैनसिंह महरलाई शिक्षकको माग सम्बोधन गर्ने काममा केन्द्रित हुन निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    उनले शिक्षकको माग सम्बोधन गर्ने विकल्पबारे महामन्त्रीद्वयले छलफल गरिरहेको बताए। उनले शिक्षकहरूको जायज माग पूरा गर्नुपर्छ भनेर केही दिनअघि शिक्षक अगुवाहरूसँग पनि सभापति देउवाले भेट गरेको बताए।

    सभापति देउवाले मात्रै नभई, महामन्त्रीद्वयले पनि आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे यसअघि देखि नै छलफलमा थिए। आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

    शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै काँग्रेसभित्र असन्तुष्टि बढ्दै छ। यो विषयमा हिजो बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकमा पनि गम्भीर समीक्षा भएको थियो। हिजोको बैठकपछि नै देउवाले महामन्त्रीद्वयलाई शिक्षकलाई आन्दोलनबाट फिर्ता गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

    यसअघि नै महामन्त्री थापाले शिक्षकहरूको माग सम्बोधन गर्नको लागि सरकारलाई यसअघि नै दुई विकल्प अघि सारेका थिए। उनले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए।

    मन्त्रिपरिषद्ले गर्न सक्ने मागलाई सम्बोधन गरेर बाँकी कानून बनाउने प्रतिबद्धतासहित शिक्षकहरूलाई कक्षाकोठामा फर्काउनुपर्ने उनको प्रस्ताव थियो। तर प्रधानमन्त्रीको ध्यान शिक्षकको माग सम्बोधन गर्न केन्द्रित नभएको भन्दै काँग्रेसभित्र चर्को असन्तुष्टि बढिरहेको बेलामा सरकारसँग समन्वय गरेर शिक्षकको माग सम्बोधन गर्ने वातावरण बनाउन देउवाले महामन्त्रीद्वयलाई खटाएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार