Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका तीन समितिको बैठक बस्दै


    शुक्रबार, बैशाख ५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ ।

    जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा बार्षिक प्रतिबेदन, २०८१-८२  माथी छलफल हुनेछ ।

    उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार