काठमाडौं । सहरी विकास मन्त्रालयका पूर्व सचिव तथा राष्ट्रिय योजना आयोगका बहालवाला सदस्य रमेशप्रसाद सिंहको इशारामा जानुका ढकालले नेतृत्व गरेको काठमाडौं उपत्यका विकास प्राधिकरण तहस नहसको अवस्थामा पुगेको छ ।
आफ्नो विवेकले भन्दा पनि सिंहकै इशारामा ढकालले काम गर्ने गरेकाले प्राधिकरण भद्रगोलको अवस्थामा पुगेको हो । कार्यबिधि समेत संशोधन गरेर सिंहको पहलमा र सिंहकै पालामा ढकाललाई प्राधिकरणमा विकास आयुक्त पदमा नियुक्ति गरिएको थियो । अंकभार नै तलमाथि गरी सिंहले ढकाललाई तीन जनामा पारेका थिए ।
ढकालको कमजोर कार्यसम्पादनले मन्त्रालयमा समेत प्रश्न उठेपछि तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पालामा ढकाललाई हटाउन खोजिएको थियो । उनलाई हटाउनका लागि मन्त्रालयका एक सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले ढकाललाई हटाउन सिफारिस गरेको थियो । हटाउने प्रक्रिया अघि बढाउन दुई पटक स्पष्टीकरण सोधिएको थियो । तर सहरी विकास मन्त्रालयको सचिवमा सिंह पुनः फर्केपछि ढकाललाई हटाउने प्रक्रिया रोकिएको थियो ।
प्राधिकरणका एक कर्मचारी भन्छन्–‘मन्त्रालयको सचिव भइसकेका र राष्ट्रिय योजना अयाोगको सदस्य जस्तो गरिमामय पदमा बसेको व्यक्ति प्रायः एक दिन बिराएर दिनहुँजसो ढकालको कार्यकक्षमा नपुगेको भए राम्रो हुन्थ्यो । कर्मचारीहरुले पनि इज्जत महसुस गर्थे ।’
ढकालले प्राधिकरणलाई यतिसम्म व्यक्तिगत स्वार्थको लागि प्रयोग गरिरहेकी छन् कि उनले प्राधिकरण मातहतको दिव्यश्वरी जग्गा विकास आयोजनाको आयोजना कार्यालयको स्वामित्वमा रहेको रातो नम्बर प्लेटको बा.१७ च.४२५७ नम्बर प्लेटको गाडी आफनो पति विनोद पछाइलाई नीजि प्रयोगको लागि दिएकी छन् । यस विषयमा अख्तियारमा समेत उजुरी परिसकेको छ । तर विनोदले गाडी फिर्ता गरेका छैनन् ।
एकातिर पतिलाई प्राधिकरणको गाडी प्रयोग गर्न दिएकी छन भने अर्कोतिर कानुन अनुसार नै प्राधिकरणले गाडी दिनुपर्ने प्राधिकणका उच्च कर्मचारीहरुको गाडी खोस्ने गरेकी छन् । प्राधिकरण ऐनअनुसार रजिष्टार सरहको पदमा कार्यरत पुनरावेदन समितिको सचिव र प्राधिकरणको संचालक समितिको सचिवसमेत रहेका कानुन अधिकृत घनश्याम पौडेलले प्रयोग गर्दै आएको बा. १ ज. ४९८३ नम्बरको गाडी खोस्न लगाएकी छन् । सिंहकै इशारामा जानुकाले ढकालको गाडी खोस्न लगाएको प्राधिरकण स्रोतले बतायो ।
प्राधिकरण ऐनले प्राधिकरणलाई उपत्यका विकास र योजना बनाउन निकै नै शक्तिशाली बनाएको छ । तर नेतृत्व कमजोर हुँदा प्राधिकरणले केही काम गर्न सकेको छैन । काम गर्न चाहने कर्मचारीलाई उनले काम दिन्नन् । पछिल्लो केही दिनयता उनकै कार्यकक्षमा पटक पटक तालाबन्दी गर्ने गरिएको छ ।
अझ रोचक कुरा के छ भने आफ्ना निकट कर्मचारीहरुलाई उचालेर आफ्नै कार्यकक्षमा ताला लगाउने गर्छिन् । र, दोष अर्कोलाई दिने गर्छिन् । ढकाललाई यस्तो गुरुमन्त्र दिने काम सिंहले गर्ने गरेका छन् । ढकालको कार्यकाल अझै एक बर्ष जति बाँकी छ । यो अवधिमा उनले देख्न लायक केही काम गरेकी छैनन् । बरु उल्टै प्राधिकरणलाई बद्नाम गराउने काम गरिन् । उनी जति दिन प्राधिकरणमा बस्छिन्, प्राधिकरण थप बद्नाम, कमजोर र विवादित हुने निश्चित छ ।
२०८२ बैशाख २ गतेको दृष्टि साप्ताहिकबाट साभार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend