काठमाडौं । सहरी विकास मन्त्रालयका पूर्व सचिव तथा राष्ट्रिय योजना आयोगका बहालवाला सदस्य रमेशप्रसाद सिंहको इशारामा जानुका ढकालले नेतृत्व गरेको काठमाडौं उपत्यका विकास प्राधिकरण तहस नहसको अवस्थामा पुगेको छ ।
आफ्नो विवेकले भन्दा पनि सिंहकै इशारामा ढकालले काम गर्ने गरेकाले प्राधिकरण भद्रगोलको अवस्थामा पुगेको हो । कार्यबिधि समेत संशोधन गरेर सिंहको पहलमा र सिंहकै पालामा ढकाललाई प्राधिकरणमा विकास आयुक्त पदमा नियुक्ति गरिएको थियो । अंकभार नै तलमाथि गरी सिंहले ढकाललाई तीन जनामा पारेका थिए ।
ढकालको कमजोर कार्यसम्पादनले मन्त्रालयमा समेत प्रश्न उठेपछि तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पालामा ढकाललाई हटाउन खोजिएको थियो । उनलाई हटाउनका लागि मन्त्रालयका एक सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले ढकाललाई हटाउन सिफारिस गरेको थियो । हटाउने प्रक्रिया अघि बढाउन दुई पटक स्पष्टीकरण सोधिएको थियो । तर सहरी विकास मन्त्रालयको सचिवमा सिंह पुनः फर्केपछि ढकाललाई हटाउने प्रक्रिया रोकिएको थियो ।
प्राधिकरणका एक कर्मचारी भन्छन्–‘मन्त्रालयको सचिव भइसकेका र राष्ट्रिय योजना अयाोगको सदस्य जस्तो गरिमामय पदमा बसेको व्यक्ति प्रायः एक दिन बिराएर दिनहुँजसो ढकालको कार्यकक्षमा नपुगेको भए राम्रो हुन्थ्यो । कर्मचारीहरुले पनि इज्जत महसुस गर्थे ।’
ढकालले प्राधिकरणलाई यतिसम्म व्यक्तिगत स्वार्थको लागि प्रयोग गरिरहेकी छन् कि उनले प्राधिकरण मातहतको दिव्यश्वरी जग्गा विकास आयोजनाको आयोजना कार्यालयको स्वामित्वमा रहेको रातो नम्बर प्लेटको बा.१७ च.४२५७ नम्बर प्लेटको गाडी आफनो पति विनोद पछाइलाई नीजि प्रयोगको लागि दिएकी छन् । यस विषयमा अख्तियारमा समेत उजुरी परिसकेको छ । तर विनोदले गाडी फिर्ता गरेका छैनन् ।
एकातिर पतिलाई प्राधिकरणको गाडी प्रयोग गर्न दिएकी छन भने अर्कोतिर कानुन अनुसार नै प्राधिकरणले गाडी दिनुपर्ने प्राधिकणका उच्च कर्मचारीहरुको गाडी खोस्ने गरेकी छन् । प्राधिकरण ऐनअनुसार रजिष्टार सरहको पदमा कार्यरत पुनरावेदन समितिको सचिव र प्राधिकरणको संचालक समितिको सचिवसमेत रहेका कानुन अधिकृत घनश्याम पौडेलले प्रयोग गर्दै आएको बा. १ ज. ४९८३ नम्बरको गाडी खोस्न लगाएकी छन् । सिंहकै इशारामा जानुकाले ढकालको गाडी खोस्न लगाएको प्राधिरकण स्रोतले बतायो ।
प्राधिकरण ऐनले प्राधिकरणलाई उपत्यका विकास र योजना बनाउन निकै नै शक्तिशाली बनाएको छ । तर नेतृत्व कमजोर हुँदा प्राधिकरणले केही काम गर्न सकेको छैन । काम गर्न चाहने कर्मचारीलाई उनले काम दिन्नन् । पछिल्लो केही दिनयता उनकै कार्यकक्षमा पटक पटक तालाबन्दी गर्ने गरिएको छ ।
अझ रोचक कुरा के छ भने आफ्ना निकट कर्मचारीहरुलाई उचालेर आफ्नै कार्यकक्षमा ताला लगाउने गर्छिन् । र, दोष अर्कोलाई दिने गर्छिन् । ढकाललाई यस्तो गुरुमन्त्र दिने काम सिंहले गर्ने गरेका छन् । ढकालको कार्यकाल अझै एक बर्ष जति बाँकी छ । यो अवधिमा उनले देख्न लायक केही काम गरेकी छैनन् । बरु उल्टै प्राधिकरणलाई बद्नाम गराउने काम गरिन् । उनी जति दिन प्राधिकरणमा बस्छिन्, प्राधिकरण थप बद्नाम, कमजोर र विवादित हुने निश्चित छ ।
२०८२ बैशाख २ गतेको दृष्टि साप्ताहिकबाट साभार
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend