काठमाडौं । गायिका सुस्मिता स्याङतानको आवाजमा ‘कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो ।
यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ ।
गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।
गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ध्वनि सम्पादन—मिक्सिङ र मास्टरिङ—गोविन्द सोनीले गरेका हुन्, रेकर्डिङ भने सबिर कार्कीले ‘हुरी रेकर्डिङ स्टुडियो’, कुपण्डोलमा सम्पन्न भएको हो ।
भिडियो पक्षलाई पनि सशक्त बनाउन निर्देशक तथा क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाले उत्कृष्ट योगदान दिएका छन् ।
सम्पूर्ण टिमले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन् । यस गीतमार्फत अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ । दर्शक, स्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज’ भन्दै विभिन्न माध्यममा साझा गरिरहेका छन् ।
यस्तो छ गीत
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend