Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बालुवाटारमा ओली-देउवाबीच छलफल- चाँडै संयन्त्रको बैठक बोलाउने


    मंगलबार, बैशाख २ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। पछिल्लो साता सत्ता गठबन्धनलाई लिएर अनेक टिप्पणी भइरहेका बेला दुई नेताबीच आज मंगलबार बिहान ११ बजे बालुवाटारमा छलफल भएको हो।

    आलोचनाकाबीच भएको दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन्।

    दुई नेताको भेटमा सरकारका कामकारबाहीका विषयमा र संयन्त्रको बैठक डाक्नेबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बज्गाईँले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार