Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ वर्षमा एमाले नेतालाई ओलीले लगाए सिस्नु


    सोमबार, बैशाख १ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सिस्नु लगाएका छन्।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपस्थित नेताहरूलाई सुदूरपश्चिमको बिसु पर्व मनाउँदै सिस्नु लगाइदिएका हुन्।

    नयाँ वर्षमा सुदूरपश्चिममा बिसु पर्व मनाइन्छ। यस पर्वमा सिस्नु लगाउने गरिन्छ। यसो गर्दा पुराना रोगव्याधिहरू जाने र नयाँ वर्षमा सबैको राम्रो हुने विश्वास रहेको एमाले सचिव लेखराज भट्टले बताए । ‘अध्यक्षले सबै इन्चार्जहरूलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिनुभयो।’

    आजको सचिवालय बैठक २ घण्टा बसेको र बैठकमा वैशाख ९ गते र ११ गतेको कार्यक्रममा केन्द्रित भएको पनि उनले बताए।

    एमाले वैशाख ९ गते पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम गर्दै छ। त्यस्तै ११ गते एमालेले ४० वर्ष उमेरका एक लाख युवालाई काठमाडौँको टुँडिखेलमा भेला गरेर शक्ति प्रदर्शन गर्ने जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार