वीरगंज। वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकिय अधिकृत दीपक पटेलले बताए । बैठकले शनिबार साँझ वीरगंजमा भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको बताइएको छ ।
वीरगंजमा आइतबार विहान देखि सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्वन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियो प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार विहान देखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अहिले वीरगंजको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend