Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ वर्षमा देशले नयाँ निकास पाउँछ: प्रचण्ड


    आइतबार, चैत्र ३१ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् ।

    आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ विकसित घटनाक्रमहरुले नयाँ सरकार बन्ने संकेत गरेको उनले बताए ।

    नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

    उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

    यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार