काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आफू विरुद्ध लगाइएका गम्भीर आरोपप्रति आफ्नै पार्टी र बौद्धिक वर्ग मौन बसेकोप्रति गुनासो गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ‘१७ हजारको हत्यारा’भन्ने आरोप निराधार भएको दाबी गरे । युद्धको सन्दर्भमा लागेको यस्तो आरोपलाई उनले इतिहासलाई पछाडि धकेल्ने प्रयासको संज्ञा दिए ।
‘म माथि लगाइएका आरोप युद्धको नियमअनुसार भएका घटनाहरूलाई तोडमोड गरेर प्रचार गरिएको हो,’उनले भने, ‘मैले अहिलेसम्म एक जनालाई पनि पिटेको छैन, हत्या त परको कुरा हो । युद्धको नेतृत्व गरेँ, शान्तिमा आएपछि जिम्मा लिने भने । तर यति धेरै झूटो प्रचार भइरहँदा बुद्धिजीवीहरू मौन छन्, खण्डन गर्दैनन् ।’
उनले माओवादी केन्द्रले नै सबैभन्दा ठूलो जोखिम उठाएर सेना समायोजन र हतियार व्यवस्थापन प्रक्रिया अघि बढाएको पनि स्मरण गराए ।’हतियार आजकै दिन व्यवस्थापन नगरे भोलि हत्या हुन सक्छ भनेर चेतावनी दिने र तत्काल प्रक्रिया अघि बढाउने पार्टी माओवादी केन्द्र नै थियो,’उनले थपे ।
प्रचण्डले आफ्नो पार्टीमाथि जनसमूहका एक हिस्साले अझै पनि पूर्वाग्रही दृष्टिकोण राखेको उल्लेख गरे । ‘हाम्रो योगदानको कदर गर्नुको सट्टा, उल्टो ‘१७ हजारको हत्यारा’ भन्ने गलत नेरेटिभ बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘म सबै बुद्धिजीवी साथीहरूलाई यस विषयमा गम्भीर चिन्तन र बहस गर्न आग्रह गर्छु ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend