Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • दुर्गा प्रसाई भारतमा पक्राउ


    बिहिबार, चैत्र २८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गएको चैत १५ गते राजावादी आन्दोलनमा प्रहरीमाथि नै गाडी दौडाएर भागेका दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् । उनी आसाममा पक्राउ परेको प्रहरी स्रोत बताउँछ । उनलाई काँकडभित्ता हुँदै काठमाडौं ल्याइँदैछ ।

    १५ गतेको राजावादीको हिंसात्मक कार्यक्रमकै बीचमा प्रसाई साधुको भेषमा प्रहरीमाथि ढुंगामुढा गर्ने पुस्कर खतिवडाको घर इमाडोलबाट गेरुबस्त्रमा प्रहरीको आँखा छली पर्साको ठोरी हुँदै भारत भागेको आशंका गरिएको थियो । जुन कुरा उनी आज भारतमा पक्राउपछि पुष्टि भएको छ ।

    दुर्गा प्रसाईको फेसबुक पेजबाट भने उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने भएपछि उनले आत्मसमर्पण गरेका हुन् ।

    प्रसाईले बुधबार मात्र आफू नेपालमै रहेको नभागेको भन्दै सामाजिक संजालमा भिडियो राखेका थिए । तर उनी बिहबिार भारतमा पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार