पथरी । एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ ।
कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डाँस खोलाबीचमा रहेको करिब एक किलोमिटर सडक निर्माणकै समयमा गलत स्थानमा बनाइँदा अहिलेसम्म स्थानीयले झमेला व्यहोर्दै आएका छन् ।
नक्सामा हेर्ने हो भने उक्त सडक हाल सञ्चालनमा रहेको सडकभन्दा करिब २५-३० फुट दक्षिणमा रहेको देखिन्छ। तर, सडक निर्माणकै समयमा एकापट्टी सडक बनाएर अर्कोतर्फ नक्सामा कायम गर्दा वर्षौंसम्म स्थानीयले पीडा भोग्दै आएका छन् ।
स्थानीयका अनुसार आफ्नो घर तथा जग्गाको नक्सामा सडक देखाइदिँदा न आफ्ना घर-जग्गा बिक्री भएका छन्, न त बैंकिङ कारोबार नै गर्न पाएका छन्। वर्षौंदेखि भोग्दै आएको सोही समस्याले उक्त सिंगो गाउँ नै विकास निर्माणमा पछि परेको समेत स्थानीय बताउँछन् ।
उक्त स्थानमा पेट्रोल पम्प सञ्चालन गर्न केही व्यवसायी आएर जग्गाको कारोबार गर्ने क्रममा समेत सोही जग्गाको समस्याका कारण प्रक्रिया अघि बढ्न नसक्दा पम्प सञ्चालन नै हुन नसकेको उदाहरण समेत रहेको छ ।
सार्क राष्ट्रलाई जोड्ने नेपाल सरकारकै गौरबको योजनाअन्तर्गत रहेको एसियन हाइवे निर्माणका क्रममा समस्या समाधान हुन नसक्दा उक्त क्षेत्रमा सडक निर्माण प्रक्रिया हाललाई स्थगित गरिएको छ।
तर, डाँस खोला र मोरङ्गी खोलामा नयाँ सडक निर्माण अन्तर्गत पुल समेत सम्पन्न हुन लागेको छ, जसले गर्दा स्थानीय थप त्रासमा रहेका छन्। सडक निर्माण आयोजना प्रमुख जगत प्रजापतिसँग यस विषयमा बुझ्दा उक्त समस्या समाधान नभई जिरिखिम्ती क्षेत्रमा सडक विस्तार नगरिने र समस्या समाधानका लागि चरणबद्ध छलफल भइरहेको बताउँछन्।
सन् २०२०-२२ तिर निर्माण भएको उक्त सडक निर्माणका क्रममा भएको लापरबाहीले हालसम्म आफूहरू समस्या भोगिरहनु परेको स्थानीय पीडित मदन पोखरेल बताउँछन्।
हाल उक्त क्षेत्रमा दर्जनौं घर परिवारले सोही समस्या भोग्दै आइरहेका छन्। वर्षौंदेखि आफूहरूले मालपोत तिर्दै आएको जग्गाको समस्या समाधान राज्य पक्षबाट नहुँदा आजित भएको पोख्रेल बताउँछन्।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend