Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन: प्रधानमन्त्री ओली


    बिहिबार, चैत्र २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने जिकिर गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    ‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘’अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो । स्थिरता र स्थायीत्व भनेको जकडिएको स्थिरता र स्थायीत्व होइन । गतिशील स्थिरता र स्थायीत्व हो ।’

    साथै, उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने उनले बताए ।

    साथै, उनले सरकारले भ्रष्टाचार नयुनीकरण र अन्त्य गर्नमा सरकार लागिपरेको जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार