काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् ।
माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल नखौरेको बेला आफुले कपाल खौरेर बिरेन्द्रको बंशनाशमा शोक मनाएको जनाउँदै थापाले शितल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।
‘राजा बिरेन्द्रको बंशनाश हुदाँ १३ दिन कपाल खौरिने मै हुँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्था प्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले शितल निवासमा हुदाँ त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’
नेपाली कांग्रेसले संबैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजाहरूलाइ नपचेको उनले जनाएका छन । ‘बिपी कोइराला माथी राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिडनु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संबैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गर्यो ।’
उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ बर्षे ब्यवस्था छ, सोही ब्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं । ‘कतिसम्म राजाको बिरूद्द किताव लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, यसबाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ रु’ उनको प्रश्न थियो ।
गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालबाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend