Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुणस्तरहीन खाद्यान्न वितरण गर्नेलाई कारबाही गरियोस्ः प्रभु साह


    सोमबार, बैशाख ८ २०७७
    895
    Shares
  • ४ मिनेट पाठ
  •  

    काठमाडौं, ८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राहतको नाममा गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेकपा प्रदेश अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् कालोबजारी, महंगी एवं गुणस्तरहीन कामको अनुगमन तथा नियन्त्रण गर्ने निकायले नै त्यस्तो काम गरेपछि कानूनअनुसार कडा कारबाही गर्न माग गरेका हुन् । केही समयअघि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले आफ्नै यादव कोल्ड स्टोरबाट सडेको दाल राहतको नाममा नगरका गरिब, मजदुर, किसान, तथा अतिविपन्न परिवारलाई बितरण गरेका थिए । 

    \"\"

    २ बैशाखमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेडौंडाले कलैया उपमहानगरपालिकाद्धारा बितरण गरिएको राहतको नमुना परीक्षण गर्दा दाल सडेको र गुणस्तरहीन भएको पुष्टि गरिसकेको छ । गुण नियन्त्रण कार्यालय हेटौंडाका सोमकान्त रिजालले कलैया उपमहानगरपालिकाद्धारा वितरण गरिएको दाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप नपाइएको बताए । त्यहाँ वितरण गरिएको दालको नमुना परीक्षण गर्दा गुणस्तरहीन भएको उनले बताए । 

    कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र लकडाउनका कारण गरिब, मजदुर, किसानतथाअतिविपन्न परिवारलाई खाद्यान्नको समस्याका छ । लकडाउनमा खाद्यान्न अभावमा परेका कलैयाका २७ वटै वडाका अति विपन्न र गरिब नागरिकलाई कलैया उपमहानगरपालिकाले राहत वितरण गरेको थियो । 

    ‘समस्या समाधानका साथै गुणस्तरहीन समानको अनुगमन तथा नियन्त्रण गर्ने निकायले  आफै अनियमितता गर्नु दुर्भाग्य हो’ साहले लेखेका छन्, ‘सडेको दाल खरिद, बिक्री र वितरण गर्ने मुख्य व्यक्तिलाई कारबाही नगरी कारवाहीको नाममा झारा टार्ने काम सम्बन्धित निकायले गर्नु दुखद छ ।’ बाराका सीडीओ रुद्र पण्डित र एसपी कृष्ण पँगेनीले कोल्डस्टोरका संचालक कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव र उनका भाइलाई पक्राउ नगरी सामान्य कर्मचारी र दालमिलका मालिकलाई पक्राउ गरेको छ । मेयरलाई जोगाउनका लागि वडाध्यक्षलाई पक्राउ गरिएको छ । त्यस्तै कोल्डस्टोरका मुख्य संचालक मेयर र उनका भाइलाई जोगाउन सामान्य कर्मचारी पक्राउ गरिएको छ । सीडीओ पण्डित र एसपी पँगेनीले मेयर यादवसँग लाभ लिएर सामान्य कर्मचारी र वडाध्यक्ष र सचिवलाई पक्राउ गरेका छन् । दाल मिलका संचालक तेजकरण जैनले अनुमति नै नदिई दाल बिक्री गरेका मेयर यादवले उनलाई समेत पक्राउ गर्न लगाएका छन् ।  

    \"\"

     सीडीओ रुद्रप्रसाद पण्डित र एसपी कृष्ण पँगेनी

    सडेको दाल खरिद, बिक्री र वितरण गर्ने मुख्य दोषीलाई यथाशिघ्र कारवाही गर्न सरकारसंग माग गर्दै नेता साहले कालोबजारी गर्नेलाई सरकारले तुरुन्त कारवाही गरेर सुशासन र पारदर्शीता कायम गर्न आवाज उठाएका छन् ।

    बाराकाप्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले यादव कोल्ड स्टोरमा दाल स्टोर गरेका बीरगंजका व्यापारी तेजकरण जैनलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । तर जैनले आफ्नो स्वीकृति बेगर दाल बितरण गरिएको विज्ञप्तिमार्फत् नै स्पष्ट पारेका छन् ।  कलैया उपमहानगरपालिका स्रोतका अनुसार मेयर यादवले आफ्नै कोल्ड स्टोरबाट दाल वितरण गराउँदै त्यसको हिसावकिताव पछि मिलाउने योजना बनाएका थिए । र सोही योजनाअनुसार आफू निकटका वडा अध्यक्षमार्फत सडेको दाल वितरण गराउन थालेपछि सो दाल लिनेले फिर्ता गर्दै कारवाहीको माग उठाएका थिए । 

    सो सम्बन्धनमा स्थानीयले प्रहरी, प्रशासन, उधोग बाणिज्य संघ, अख्तियार लगायतका निकायमा निबेदन दिएका छन् । बारा उद्योग बाणिज्य संघका अनुसार सडेको दाल वितरण हुन थालेपछि अनुसन्धान गर्दै दोषीलाई कारवाहीको माग उठेको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार