Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्ने सरकारलाई लिङ्देनको चेतावनी


    मंगलबार, चैत्र २६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

    मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।

    ‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’

    अहिलेको जनता मूर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जिकिर गरे ।

    ‘अब जनता मूर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुठ्ठिमा राख्न सक्दैन,’ लिङ्देनले भने ।

    उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरे । ‘विद्रोह नै गरेर जाऔँ भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौँ, झुक्याएर जान्दैनौँ,’ लिङ्देनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार