Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित


    सोमबार, चैत्र १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलसहित पाँच वटै विधेयक क्रमशः पारित गरेको हो ।

    बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक । यी दुई विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

    बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार