Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले आज काठमाडौंलगायत ठूला शहरमा मोटरसाइकल र्‍याली निकाल्दै


    सोमबार, चैत्र १८ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले आज देशभर गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्‍याली गर्ने भएको छ । एमालेले देशभरका सदरमुकाम र प्रमुख सहरमा जागरण सभा र मोटरसाइकल र्याली गर्ने भएको हो ।

    जसमा काठमाडौं उपत्यकामा भने अपराह्न ४ बजे तीनकुनेमा मोटरसाइकल र्याली गरिने एमाले महासचिव शंकर पोखेरले जानकारी दिए ।

    उनले र्यालीमा सहभागी हुन आह्वान गर्दै भनेका छन्, ‘प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ।’

    काठमाडौँको तीनकुने त्यही ठाउँ हो, जहाँ चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा २ जनाले ज्यान गुमाए भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँ धनमालको क्षति भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार