Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्दा विषपान गर्नु सरह हो: बाबुराम भट्टराई


    आइतबार, चैत्र १७ २०८१
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी-कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भने विषपान गर्नुसरह भएको टिप्पणी गरेका छन्।

    आज (आइतबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरूले गल्ती गरे जनताले सच्याउनुपर्ने उनको भनाइ छ।

    उनले अहिलेको परिस्थितिमा सतर्क हुनु जरुरी रहेको पनि बताए। लोकतन्त्रका कमी(कमजोरीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उनको धारणा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार