Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्‌को गतिरोध अन्त्य गर्न छलफलमा जुटे सभामुख र राष्ट्रिय सभा अध्यक्ष


    आइतबार, चैत्र १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल सुरु भएको छ । संसद्‌मा जारी गतिरोध अन्त्य गर्न उनीहरू छलफलमा जुटेका हुन् ।

    कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको कारण माग गर्दै विपक्षीले संसद अवरोध गर्दै आएको छ ।

    उनीहरूले संसद्मा प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर समय सार्दै आइरहेको छ ।

    आजमात्रै संसद् सचिवालयले तीनवटा सूचना जारी गरिसकेको छ । गत १३ चैतबाट अवरुद्ध बैठक नचल्दा संसदलाई अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन सकस हुने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार