Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा राजेन्द्र लिङ्देनले छाती पिट्दै भने- सके जेल हाल !


    आइतबार, चैत्र १७ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफुलाई जेल हाल्न संसदमा चुनौती दिएका छन् ।

    प्रतिनिधिसभाको आज बसेको बैठकमा माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि उनले छाती ठोक्दै यस्तो चुनौती दिएका हुन् ।

    उनले संसदको प्रसंग उल्लेख गर्दै साामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि‘छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल १’

    बैठक सुरु भएलगत्तै सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच कुनमान घिसिङ प्रकरण र राजावादीको आन्दोलनका क्रममा भएको तिनकुने घटनाबारे चर्काचर्की भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार