Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी सभापतिमा फर्किए रवि लामिछाने, भोलिको केन्द्रीय समिति बैठकको सभापतित्व गर्ने


    आइतबार, चैत्र १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका छन् । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठक लामिछानेको सभापतित्वमा बस्नेछ ।

    झाका अनुसार सोमबार केन्द्रीय समितिको दुईवटा बैठक एकपछि अर्को गरी निरन्तर बस्नेछ । पहिलो बैठकमा कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ ।

    लगत्तै दोस्रो बैठक पार्टी सभापतिको सभापतित्वमा हुनेछ । बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आ(आफ्नो संक्षिप्त रिपोर्टिङ हुने जनाइएको छ । त्यस्तै बैठकमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस र अधिवेशनरमहाधिवेशन कार्यतालिकाका बारेमा पनि छलफल हुनेछ।

    लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि गत पुस ८ गते सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएका थिए । उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार